२८ जेष्ठ २०७७, बुधबार

काठमाडौं, २८ जेठ । राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रीय समितिले अमेरिकी सहयोग परियोजिना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी पास नगराउन सवैसँंग आग्रह गरेको छ ।

अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने तयारीका साथ ल्याइएको एमसीसी पास नगराउन महासंघले सवैसमक्ष आग्रह गरेको हो ।

महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी जस्तो पार्टी सतामा र नेपाली कांगे्रस जस्तो पार्टी प्रमुख प्रतिपक्षमा रहँंदा यस्तो प्रतिकुल परिस्थिति आउनु दुःखको कुरा भएको जनाएको छ ।

‘नेकपा सत्तामा छ र नेपाली कांग्रेस प्रतिपक्षमा । तर आज दुःखद् आश्चर्यको कुरा के हुँदैछ भने यी दुवै मिलेर देशमा राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पास गर्न खोजिरहेका छन्, विज्ञप्तिमा भनिएको छ ।

यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोड डलर या करिब ५५ करोड रूपैयाँ ल्याउने र नेपाल सरकारले मिसाउने १३ करोड डलर वा करिब पन्ध्र करोड रूपैयाँ राख्ने र यसरी जम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्षभित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्म्को विद्युत् प्रसारण लाइन १०० किमी सडक विस्तारमा खर्च गर्नुपर्ने उल्लेख छ ।

तर वास्तविकता यसको विरोध भनेको अमेरिकाको विरोध पनि नभइ र विदेशी सहयोगको विरोध पनि त झन् हुँदै नभएको विज्ञप्तिमा उल्लेख छ । यसको विरोध यससँग जोडिए आउने शर्तहरूको भएको विज्ञप्तिमा जनाइएको छ ।

यसको मूल उद्देश्य नै यस क्षेत्रमा अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने हो । चाहे आर्थिक अनुदान र विकासको नाउँमा होस्, चाहे अर्को कुनै पनि निहुँमा होस्, बाह्य घुसपैठ र हस्तक्षेप यो महासंघलाई कदापी स्वीकार्य छैन, विज्ञप्तिमा भनिएको छ ।

यसकारण सरकारले प्रस्ताव गरेको एमसीसी जस्तो घातक योजनालाई कुनै पनि हालतमा पारित नगर्न महासंघले सांसदहरुलाई अनुरोध गरेको छ ।

नेपालको अध्यावधिक नक्सा निर्माण गरी नेपाली जनताले २०४ बर्षदेखि देख्न नपाएको नेपालको नक्सा सार्बजनिक गरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक काम गरेको सरकारलाई आफनो छबि नधमिल्याउन र यस्तो राष्ट्रघाति सम्झौता तत्काल खारेज गर्न तथा नेपालको हित अनुकुल हुने गरी मात्र बिदेशी अनुदान स्वीकार गर्न महासंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV