२८ जेष्ठ २०७७, बुधबार

कपिलवस्तु, २८ जेठ । कपिलवस्तुमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५७३ पुगेको स्वास्थ कार्यालय, कपिलवस्तुले जनाएको छ ।

आज यशोधरा गाउँपालिकाका वडा नम्बर ४ का २३, २९, ३२ र ५५ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो । त्यस्तै, वडा नम्बर ३ का २८ र ४० वर्षीया दुई जना महिला र ४२ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्तमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV