२८ जेष्ठ २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, २८ जेठ । सर्पले टोक्दा अस्पतालमा भर्ना गरिएका एकजना पुरुषलाई कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्ष सिल गरिएको छ ।

राहताल गाउँपालिका ४ भेरी माध्यमिक विद्यालयको क्वारन्टाइनमा बसेका ५० वर्षीय पुरुषलाई सर्पले टोकेपछि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना गरिएको बिरामी पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो । बिरामीलाई अस्पतालसम्म पु¥याउन आएका उनका आफन्तले बिरामी क्वारेन्टाइनमा बसेको विषयमा कुनै जानकारी दिएका थिएनन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बिरामीको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण हुने बताउनु भयो ।

LIVE TV