२८ जेष्ठ २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट , २८ जेठ । कालिकोटको लालिघाट बजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको जा ८ ख ५१३३ नम्बरको टिपर श्रृखोली मन्दिरनजिकै दुर्घटना हुँदा २ को मृत्यु भएको छ। ९ जना घाइते भएका छन् भने ६ जना अझै बेपत्ता रहेका छन् ।

भारत र अन्य शहरबाट आएका स्थानीयलाइ उद्धार गरी रास्कोट क्वारेन्टाइनमा लैजाने क्रममा टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाईते भएका ९ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाँईले न्यूज २४ लाई बताउनु भयो ।

रास्कोट नगरपालिका वडा नं २ की २१ वर्षकी ठुम्की सार्की र वर्ष २३ की शर्मिला सार्कीको घटनास्थलमै मृत्यु भएको हाे । रास्कोट नगरपालिकाकै मर्ना कुमाल, सरिता सार्की लगायत ६ जना बेपत्ता भएको घटनास्थलमा पुगेका पत्रकार प्रेमराज सिम्खाडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV