२८ जेष्ठ २०७७, बुधबार

काठमाडौं, २८ जेठ । टी–२० विश्वकप सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठक बस्ने भएको छ ।

कोरोना भाइरसको महामारी संसार भर फैलिएपछि यसप्रति सचेत रहदै बैठक जुन १० सम्मलाई स्थगित गरिएको थियो । आईसीसी पदाधिकारीहरुबीच टेलिकन्फ्रेन्स मार्फत बस्ने आजको बैठकले टी–२० विश्वकप सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।

यसअघि पनि यसबारे छलफल बोलाइएको थियो । तर कुनै एजेण्डामाथि छलफल नभएपछि बैठक स्थगित भएको थियो ।

अष्ट्रेलियामा आयोजना हुन टी–२० विश्वकप १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म गर्ने यसअघिको निर्धारित मिति भएपनि हुने या नहुने भन्ने निश्चित छैन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV