२८ जेष्ठ २०७७, बुधबार

बुटवल, २८ जेठ । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं १ कुचेरामा १७ वर्षीय एक किशोरको ह’त्या भएको छ ।

गएराति घरमा सुतिरहेका ती १७ वर्षीय ती किशाेरकाे बाबुले नै बन्चरो हानेर गरी ह’त्या गरिएको स्थानीय पत्रकार दिनेश घिमिरेले जानकारी दिए ।

गए राति करिव एक बजे आसपास सुतिरहेको छोरा सुदीप कुमाललाई बाबु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी घाईते बनाएको र उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको वडा सचिव बिर्ख पुलामीले बताए ।

४८ वर्षीय बाबु रिम बहादुर कुमालले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मृतक किशाेर चैतको पहिलो साता भारतबाट फर्केका थिए । ह’त्या गर्ने बावु रिम बहादुर अहिले प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

LIVE TV