२७ जेष्ठ २०७७, मंगलवार
  • महेश्वर केसी,

काठमाडौं, २७ जेठ । रुख ढलेर अबरुद्ध बनेको काठमाडौंको रिङरोड अन्तर्गत चावहिल चक्रपथ सडक खण्ड सञ्चालनमा आएको छ । गोपिकृष्ण सिनेमा हल नजिक जरा मक्किएर ढलेको रुखलाई डोजरले पञ्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

साँझ साढे ७ बजे सडक किनाराको रुख ढलेपछि सडक अवरुद्ध भएको थियो । सो रुख पन्छाउन ढिलाई हुँदा सवारी साधनहरु वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए ।

रुख बुढो भएर र जरा मक्किएर ढलेको स्थानीयवासीले बताएका छन् । रुख ढलेर विद्युतको तार र पोलसमेत ढालेपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएको छ । रुख हटाउनका लागि विद्युत प्राधिकरण र सडक विभागका कर्मचारी घटनास्थल पुगेका थिए ।

LIVE TV