मुम्बईमा रहेकी ‘जानी नजानी’फेम अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण



प्रकाशित मिति : Jun 09, 2020

काठमाडौं, २७ जेठ । ‘जानी नजानी’फेम अभिनेत्री निरिशा बस्नेतलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै अभिनेत्री निरिशा अस्पतालमा उपचाररत छन् ।

जानकारी अनुसार भारतको मुम्बईमा रहेकी अभिनेत्री निरिशा मुम्बईको कोकिला अस्पतालमा उपचारत छन् । अब उनी कोरोना संक्रमणबाट मुक्त नभएसम्म अस्पतालमै रहनेछन् ।

File photo

निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । उक्त फिल्मले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न सकेन । पछिल्लो समय उनी भारतको मुम्बईमा रहेर विभिन्न सिरियलमा काम गर्दै आएकी छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com