२७ जेष्ठ २०७७, मंगलवार

काठमाडौं, २७ जेठ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी ) सम्झौताविरुद्ध शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीरुले केही दिनदेखि एमसीसी सम्झौता विपरित निरन्तर प्रदर्शन गर्दै आइरहेको क्रममा आज पनि माइतिघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरेका थिए । शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर लाठीचार्ज गर्दा ठूलो संख्यामा विद्यार्थीहरु घाइते भएका छन् ।

प्रहरी हस्तक्षेपवाट अनेरास्ववियूका केन्द्रीय सदस्य रविनजङ्ग बस्नेत, निर्ग नवीन, सञ्जीव चौधरी , सञ्जीव फुयाल, समीर वुढाथोकी, दूधराज तामाङ, भुमिराज अधिकारी, सपन फुँयाल, दिपा जैसी, संएम लामा, शासन सापकोटा ,हिक्मत महरा, निरोज श्रेष्ठ ,पूजा खुशी तथा नेविसंघका नेता आदेश पाण्डे सख्त घाइते भएका छन् । घाइते विद्यार्थीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV