२७ जेष्ठ २०७७, मंगलवार
  • मनिराज पाण्डे,

कालिकोट, २७ जेठ । कर्णाली प्रदेशमा थप २० सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सल्यानका १२ जना र सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्मामा गरिएको परीक्षणमा जुम्लाका २ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिएको परीक्षणमा सल्यानका १ जना, सुर्खेतका १ जना गरी कुल २० जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ६ सय ७१ पुगेको छ ।

LIVE TV