- मनिराज पाण्डे
कालिकोट, २७ जेठ । दैलेखका चार जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुल्लु नगरपालिकामा रहेको कोरोना विशेष अस्पतालबाट दुल्लु नगरपालिका–११ का २३ र ३० बर्षीया दुई जना महिला सहित दुई बर्षीय एक बालक डिस्चार्ज भएका छन् ।
त्यस्तै दैलेख अस्पतालबाट ढुङ्गेश्वर गाउँपालिका १ का २३ वर्षकी एक जना महिलालाई सोमबार डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिनु भयो ।
यो संगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ११ पुगेको छ । जेठ २३ गते प्रदेश अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पतालबाट सुर्खेतका ६ जना र दैलेखका १ जना गरी जम्मा ७ जना ७ जनालाई डिस्चार्ज भएका थिए ।