२७ जेष्ठ २०७७, मंगलवार

एजेन्सी, २७ जेठ । कुनै समय एकै मुलुक रहेको दक्षिण कोरिया र उत्तर कोरियाबीच सम्पूर्ण खालका सम्बन्ध विच्छेद हुने भएको छ ।

बीबीसीका अनुसार उत्तर कोरियाले दक्षिण कोरियाका शीर्ष नेताबीच कुराकानी हुने हटलाइन समेत बन्द गर्ने घोषणा गरेको छ । उसले दक्षिण कोरियासँगको सम्पूर्ण सम्पर्क विच्छेद गर्ने घोषणा गर्दै हटलाइन बन्द गरेको हो ।

दक्षिण कोरियालाई दुश्मन भन्दै अहिलेको यो कामलाई उत्तर कोरियाले धेरै कदमहरुमध्ये एक कदम हो भनेको छ । यो सँगै अब उत्तर कोरिया र दक्षिण कोरिया सीमामा रहेको सम्पर्क कार्यालय आजबाट बन्द हुने जनाएको छ ।

यसबारे कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ । उसले भनेको छ- ‘दुबै देशले यो कार्यालय तनाव कम गर्न सन् २०१८ मा स्थापना गरेका थिए, यो कार्यालय मंगलबारबाट बन्द हुदैछ ।’

गत जनवारीमा कोरोना कहरका कारण सो सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो ।

त्यसबीचमा दुबै मुलुकुबीच टेलिफोनमा दिनमा २ पटकसम्म संबाद हुँदै आएपनि दक्षिण कारियाले सोमबार बिहान नउठाएर अपरान्हमा मात्रै उठाएको जनाएको छ । दक्षिण कोरियाले उत्तर कारेरियामा पठाउने गरेको पर्चाहरू नपठाउन गत साता किमजोङकी बहिनीले आग्रह गरेकी थिइन् ।

उनले पर्चा पठाउने काम दुई मुलुकको सम्झौता बिपरित भएको बताउदै दुई देशको सम्पर्क कार्यालय बन्द गर्ने चेतावनी पदएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV