२७ जेष्ठ २०७७, मंगलवार

एजेन्सी, २७ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वकै सबैभन्दा धेरै प्रभावित भनिएको मुलुक ब्राजिललाई कारोना भाइरसबाट प्रभावितहरुको तथ्याङ्क सार्वजनिक गर्न आग्रह गरेको छ । कोरोना भाइरसको स्थिती सम्हाल्न नसकेकोमा ब्राजिल आलोचित भइरहेका बेला संगठनले कोरोनाभाइरस संक्रमित तथा मृतकको सत्य तथ्य आँकडा जुटाएर सार्वजनिक गर्नु भनेको छ ।

विश्व स्वास्थ्य संगठनका हेल्थ इमर्जेन्सी प्रमुखले पत्रकारसँग कुराकानी गर्दै नागरिकको सुरक्षाको दृष्टिकोणले संक्रमित तथा यसका सम्बन्धमा सबैले जान्नु पर्ने भएकोले तथ्याङ्क आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘नागरिकहरुले आखिर के भइरहेको छ भनेर थाहा पाउन आवश्यक छ । उनीहरुले यो पनि थाहा पाउनुपर्छ कि भाइरस कहाँ कति फैलिरहेको छ । उनीहरुले यो संक्रमणलाई कसरी सम्हाल्ने भनेर थाहा पाउन पनि आवश्यक छ ।’

ब्राजिलमा ७ लाख १० हजारभन्दा बढी बढि संक्रमित छन् भने ३७ हजारभन्दा बढीको यसको संक्रमणबाट ज्यान गएको छ । त्यस्तैगरी ३ लाख २५ हजार ६०२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV