२६ जेष्ठ २०७७, सोमबार
  • मनोज श्रीवास्तव,

कपिलवसतु, २६ जेठ । म्यानेजरलाई कोरोना संक्रमण भएपछि तौलिहावास्थित राष्ट्रिय बाणिज्य बैंक अनिश्चितकालका लागि बन्द गरिएको छ ।

आइताबार बैंकका मेनेजरलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बैंकको ५ नम्बर प्रादेशिक कार्यालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैंकका सम्पूर्ण कारोबार बन्द गरिएको जनाएको छ ।

यसबाट ग्राहक वर्गमा पर्न जाने असरप्रति बैंकले क्षमा समेत मागेको छ । लामो सयमको लकडाउनपछि गत जेठ १८ गतेदेखि साताको ६ दिन बैक सञ्चालन हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV