२६ जेष्ठ २०७७, सोमबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २६ जेठ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

निर्देशक समितिको आज सम्पन्न बैठकल पीसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको ल्याबमा एउटा–एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरी चारवटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

यसै गरी समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीब्रता दिन थप ५० हजार भीटीएम खरिद गर्ने निर्णय गरेको छ । यसको साथै परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV