२६ जेष्ठ २०७७, सोमबार

काठमाडौं, २६ जेठ । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित गर्न लागेको विरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू विरोधमा उत्रदै आएको छ ।

संगठनले एमसीसी सम्झौता देशका लागि घातक हुने भन्दै निरन्तर गर्दै आएको प्रदर्शनको क्रममा सोमबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बिभिन्न नारा लगाउँदै माइतीघरमा भेला भएका विद्यार्थीहरुको ठूलो समूहलाई सम्बोधन गर्दै अनेरास्ववियुका नेता रविन जंग बस्नेतले राष्ट्रियताविरुद्ध रहेको एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने बताउनुभयो ।

उहाँले एमसीसी अमेरिकी सैन्य परियोजना इण्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत रहेको उल्लेख गर्दै नेपाललाई जबर्जस्ती असलंग्न परराष्ट्र नीति विपरित उपयोग गर्न खोजिएको आरोप पनि लगाउनु भयो । नेता बस्नेतले यो सम्झौता रुपमा ५० करोड डलर देखाउदै भित्री रणनीतिक रुपले विकासका नाममा अमेरिकी स्वार्थ पूरा गर्ने र नेपाललाई सैन्य क्रिडास्थल वनाउने रहेको दावी पनि गर्नु भयो ।

उहाँले सम्झौता गर्ने समय ३० जुन २०२० सम्म रहेकोले यसलाई अमेरिकी डिजाइनमा परेर केही राजनीतिक स्वार्थीहरुको समूह , कथित योजनाविद, मुलत डलरवादी कमिसनखोरहरुको स्वार्थमा नेपाल सरकार परेर यस्तो राष्ट्रघाति सम्झौता गर्न लागेकोेले यसप्रति सरकार सचेत बन्नु पर्ने बताउनुभयो । सम्झौता अनुरुप पाउने ५० अर्व भनेको नेपालका लागि कुनै ठूलो रकम नभएको उल्लेख गर्दै नेता बस्नेतले नेपालीको आत्मसम्मान र राष्ट्रिय स्वाभिमान ५० / ५५ अर्वमा वन्धक राख्न नसकिने पनि प्रष्ट पार्नुभयो ।

प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी नेता समीर वुढाथोकी, निर्ग नवीन, सञ्जीव चौधरी , निरोज श्रेष्ठ , दीपा जैसी, रोजपना श्रेष्ठ , बीरेन्द मगर, दूधराज तामाङ , उपदश यादव लगायतले एमसीसीविरुद्ध निरन्तर सडक संघर्ष जारी राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV