२६ जेष्ठ २०७७, सोमबार
  • सुरेश श्रेष्ठ

दाङ, २६ जेठ । दाङको देउखुरीमा अज्ञात समूहले चार वटा स्काभेटरमा आगजनी गरेको छ ।

देउखुरीको कालाकाटे–गढवा हुलाकी सडक खण्ड निर्माणमा प्रयोग भएका बज्रगुरु कन्ट्रक्सन प्रालिका चार वटा स्काभेटरमा आइतवार राती आगजनी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठोरले जानकारी दिएका छन् ।

गढवा गाउँपालिका–१ जेठानगाउँ स्थित राप्ती नदिमा पार्किङ गरि राखेका बा २ क ३१४८, बा २ क २२७१, बा २ कक ४४८२ र एउटा अनटेष्ट स्काभेटरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राठोरले जानकारी दिए । आगजनीबाट ४ करोड बढिको क्षति भएको प्रहरीले जनाएको छ ।

रातको करिव १२ देखि १ बजेको समयमा आगजनी भएको हुन सक्ने प्रमुख राठोरले जानकारी दिएका छन् । आगजनीबाट सबै स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । स्काभेटरमा आगजनी गर्ने समूहको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV