२६ जेष्ठ २०७७, सोमबार

काठमाडौं, २६ जेठ । भक्तपुरमा मिनी ट्रक खोलामा खस्दा चालकको मृत्यु भएको छ । आइतबार राति साढे १० बजे चाँगुनारायण नगरपालिका-३ ब्यासीबाट झौंखेलतर्फ जादैँ गरेको महाशक्ति इट्टा भट्टाको बा ५ ख ३११ नम्बरको मिनी ट्रक खोलामा खसेको थियो ।

प्रहरी पुग्दा सोही नगर वडा नम्बर ३ झौंखेल बस्ने ३५ वर्षीय नवराज लाछिवा गाडीले च्यापिएको अवस्थामा फेला परेका थिए ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्‍याए लगत्तै डा. इवामुरा मेमोरियल अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । दुर्घटना भएको मिनी ट्रकली क्रेनको सहयोगले निकालिएको छ ।

डिएसपी गिरीका अनुसार लापरवाही तरिकाले तीव्र गतिमा सवारी चलाउदा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV