२६ जेष्ठ २०७७, सोमबार

काठमाडौं, २६ जेठ । सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने घोषणा गरे ।

अर्थमन्त्रीले बजेटमा घोषणा गरे अनुसार आगामी साउन महिनाभित्रै मेलम्चीको पानी उपत्यकाबासीको धारोमा आउनुपर्ने हुन्छ । तर, प्राविधिक हिसाबले भने पानी आउने सम्भावना भने निकै न्यून देखिन्छ ।

सरकारले मेलम्ची आयोजनाको विषयमा झुटो आश्वासन वा बाचा गरेको यो पहिलो पटक भने होइन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि चालु आवभित्रै मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउने घोषणा गरिएको थियो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV