२५ जेष्ठ २०७७, आईतवार
  • सुरेश श्रेष्ठ,

दाङ, २५ जेठ । दाङ घर भइ भारतको नयाँ दिल्लीमा काम गर्दै आएका एक व्यक्तिमा मुत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।

दम र सुगरबाट लामो समयदेखि पीडित भनिएका घोराही उपमहानगरपालिका वडा नम्वर १८ का ५९ वर्षीय एक व्यक्तिमा मृत्युपश्चात कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ गते दाङ्ग ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभयो ।

अन्तिम संस्कारका लागि घरमा ल्याइएको उनको कोरोना रिपोर्ट पोजिटिभ आएसँगै नेपाली सेनाले व्यवस्थापनका लागि तयारी गरेको छ । मृतकलाई ल्याएर आएका सहयोगी र शववाहन चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV