२५ जेष्ठ २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, २५ जेठ । आइतबार १० जना नयाँ संक्रमित थपिएसंगै प्रदेश १ मा संक्रमितको संख्या २ सय ६१ पुगेको छ । विराटनगर महानगरपलिकामा १ जना नयाँ संक्रमित थपिएसंगै महानगरपालिकामा संक्रमितको संख्या ४ पुगेको छ ।

प्रदेश नं. १ का १२ वटा जिल्लामा २ सय ६१ संक्रमितहरु छन् । जस मध्ये ९० जना निको भएर भएर गईसकेका छन् । प्रदेश १ सरकारले मोरङको पूर्वाञ्चल विश्वविद्यालयमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पनि उपचार सुरु गरेसंगै प्रदेश १ मा तीन स्थानमा कोरोना संक्रमितको उपचार सुरु भएको छ ।

झापा जिल्लामा मात्र १ सय ३८ जना संक्रमितहरु छन् भने, उदयपुरमा ३६, धनकुटामा ८, मोरङमा १९ , सुनसरीमा ४१, भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १, संखुवासभामा २ जना, ताप्लेजुङमा ३ जना, तेह्रथुम २ जना, पाँचथरमा १ जना रहेको प्रदेश १ कोरोना सुचना डेक्स विराटनगरले जानकारी दिएको छ ।

संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोरङको गोठगाँउ स्थित कोभिड उपचार केन्द्रमा उपचार भइररहेको छ ।

प्रदेश १ सरकारले कुनै लक्षण नदेखिएका र सामान्य विरामीहरुलाई सामान्य अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय गरेको छ । उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV