२५ जेष्ठ २०७७, आईतवार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २६ जेठ । गत शुक्रबार भारतबाट झापाको दमक हुदै ओखलढुंगा आइपुगेकी मानेभज्याङ गाउँपालिका–३ की सिर्जना बस्नेतले शुक्रबार नै आरडीटी परीक्षण गराइन् ।

परीक्षण रिपोर्ट नेगेटिभ आएपनि उनलाई चित्त भने बुझेन । उनले गाउँपालिकाका स्वास्थ्य संयोजकलाई पीसीआर परीक्षण गर्ने मनासय राखेपनि परीक्षण गर्ने सुविधा नभएको गाउँपालिकाको जवाफ आयो ।

उनले यसअघि झापाको दकममा रहेको होल्डिङ क्षेत्रमा १५ दिन बसेर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमाण–पत्र भने सँगै लिएर आएकी थिइन् । तरपनि सवारी साधन मार्फत जिल्लासम्म आइपुगेकी हुनाले उनले पुनः पीसीआर परीक्षण गर्ने मनसाय व्यक्त गरेकी हुन् ।

तर, परीक्षण गर्ने सुविधा नभएको भन्दै आरडीटी गराएर उनलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाइयो । ‘गाउँपालिकाको क्वारेन्टाइनमा महिलाका लागि छुट्टै व्यवस्था छैन रहेछ, त्यसैले तीन दिन भयो, होम क्वारेन्टाइनमै छु’ उनले भनिन् ।

तर पनि एक पटक पीसीआर परीक्षण गर्न पाए ढुक्क भइन्थ्यो, भन्ने उनको सोचाई छ । शुक्रबार उनीसँगै भारतबाट जिल्ला आइपुगेका मानेभज्याङ गाउँपालिका ७ का मुकेश गौतम पनि अहिले होम क्वारेन्टाइनमै छन् ।

उनलाई पनि आरडीटी परीक्षण गराएर घर पठाइएको हो । तर, पनि उनलाई आरडीटी परीक्षणले ढुक्क भएर बस्न भने दिएको छैन । बिर्तामोडको होल्डिङ क्षेत्रमा १६ दिन बसेर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाण–पत्र बोकेर आएपनि जिल्लासम्म आइपुग्दा पुनः एकपटक पीसीआर परीक्षण गर्न चाहान्छन् उनी ।

तर स्वास्थ्यकर्मीले आरडीटी गराए हुने भन्दै उनलाई होम क्वारेन्टाइनमा पठाएको छ । उनले भने, ‘पीसीआर परीक्षण गर्न धरान नै लानुपर्छ । यहाँ सुबिधा छैन भनियो’उनले भने । एक पटक फेरि पीसीआर गर्न पाए ढुक्क हुने आधार हुन्थ्यो ।’

उनीहरु त एक प्रतिनिधि उदाहाण मात्रै हुन् । जिल्लामा अधिकांश बाहिरबाट आएका नगरिकहरुलाई आरडीटी परीक्षण गराएर घर पठाउने गरिएको छ ।

उनीहरुलाई घर गएर अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तसहित पठाउने गरिएको छ । जिल्लामा कोरोना संक्रमित स्थान तथा अन्य तेस्रो मुलुकबाट आएका नागरिकलाई सर्वप्रथम आरडीटी परीक्षण गर्ने गरिएको छ ।

तर, आरडीटी परीक्षणबाट नागरिकतहरु तथा परीक्षण गराउने स्वयं नै असन्तुष्ट छन् । हालसम्म ओखलढुंगामा ४ सय ३० जनाको आरडीटी परीक्षण गरिएको छ, भने २७ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV