२५ जेष्ठ २०७७, आईतवार

काठमाडौं, २५ जेठ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच बन्न लागेको ‘जनता समाजवादीपार्टी’को नेतृत्व टुंगो लागेको छ । उक्त एकीकृत पार्टीको संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव र महन्त ठाकुर रहने सहमति जुटेको हो ।

File photo

यसरी नेतृत्वमा सहमति जुटेपछि जनता समाजवादी पार्टी दर्ता गर्नका लागि नेताहरु निर्वाचन आयोग जाने तयारी भइरहेको जानकारी गराइएको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए, भने बैशाख ११ गते नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV