२५ जेष्ठ २०७७, आईतवार

एजेन्सी, २५ जेठ । पाकिस्तान सरकारले सोमबारबाट लकडाउन खोल्ने भएको छ । पाकिस्तानमा कोरोना संक्रमणको अवस्था दिनानु दिन बढ्ने क्रममा छ । तरपनि अर्थतन्त्रलाई बचाइराख्न भन्दै लकडाउन खुकुलो पारिने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताउनुभएको त्यहाँका सञ्चार माध्यमहरुले बताएका छन् ।

प्रधानमन्त्री खानले भनेका छन् – ‘लामो समयसम्म लकडाउन जारी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी वर्गको अवस्था नाजुक बन्नुका साथै देशको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्न पुगेको छ, त्यसैले हामी अब अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु खोल्न चाहन्छौं ।’

पाकिस्तानमा पछिल्लो समय झनै संक्रमण र मृत्यु दर बढिरहेको छ । हालसम्म पाकिस्तानमा ९८ हजार ९ सय ४३ जनामा कारोना संक्रमाण् पाइएको छ ।

२ हजार २ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ४ सय ६५ निको भएर घर पर्किसकेका छन् । आज मात्रै पाकिस्तानमा ४ हजार ९ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV