२५ जेष्ठ २०७७, आईतवार

काठमाडौँ, २५ जेठ । अमेरिकी डिभी लाेटरी (चिट्ठा) २०२१ को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज (अमेरिकी स्थानीय समय अनुसार जुन ६ तारिख मध्यान्ह १२ बजेपछि)सार्वजनिक भएको हो ।

विगतका वर्षहरूमा मे महिनामै सार्वजनिक हुने डीभी नतिजा यस वर्ष काेराेना भाइरस महामारीका कारण प्रकाशनमा ढिलाइ भएकाे जनाइएकाे छ ।

डीभी नतिजा हेर्न https://dvprogram.state.gov लिंकमा गएर कन्फरमेसन नम्बर दिनुपर्छ । ‘कन्फर्मेसन’ नम्बर भनेकाे गत साल डीभी फारम भरेपछि उपलब्ध एक काेड नम्बर हाे । त्यसले नतिजा हेर्न सहयाेग गर्छ । यो नतिजा ३० सेप्टेम्बर सन् २०२१ सम्म चेक गर्न सकिने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ । डीभी फारम गत २०१९ काे अक्टोबर २ देखि नोभेम्बर ५ सम्म खुलेको थियाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV