२४ जेष्ठ २०७७, शनिबार

एजेन्सी, २४ जेठ । बेलायतमा कोरोना भाइरसबाट ४० हजार ४६५ को मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ । त्यस्तै कोरोना संक्रमित २ लाख ८४ हजार ८ सय ६८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV