२४ जेष्ठ २०७७, शनिबार
  • रामगोपाल तमखु,

भक्तपुर, २३ जेठ । भक्तपुर जिल्लामा शनिबार छैंटौ व्यक्ति कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ कमलविनायक बस्ने ३१ बर्षीया महिलालाई कोभिड १९ पोजिटिभ भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज पुष्टि गरेको हो ।

मध्यपुर अस्पतालमा सुत्केरी गराउन २१ गते स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जानकारी दिएको हो । संक्रमित भएकी भनेकी महिला २२ गते सुत्केरी पछि कोटेश्वर स्थित आफन्तकोमा बसिरहेको कमलविनायकका स्थानीयले बताएका छन् ।

भक्तपुर कमलविनायक बस्ने दोेलखा घर भएकी उनी परिवारसंगै लकडाउन अगाडि दोलखा घर गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV