२४ जेष्ठ २०७७, शनिबार

काठमाडौं, २४ जेठ । चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणका कारण इन्डोनेसियामा एकै दिन ३१ जनाको ज्यान गएको छ । इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबै भन्दा बढी ३१ जनाको ज्यान गएको हो ।

योसँगै इन्डोनेसियामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा इन्डोनेसियामा ९ सय ९३ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । योसँगै इन्डोनेसियामा कोरोना संक्रमितहरुको संख्या ३० हजार ५ सय १४ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार हालसम्म इन्डोनेसियामा ९ हजार ९०७ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भइसकेका छन् । हाल इन्डोनेसियामा १८ हजार ८०६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

हालसम्म इन्डोनेसियामा ३ लाख ९४ हजार ६८ पटक कोरोना परीक्षण गरिएको वल्डोमिटर्सले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV