२४ जेष्ठ २०७७, शनिबार

गुल्मी, २४ जेठ । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

कोरोना भाइरस संक्रमणको पुष्टि लगत्तै सार्वजनिक भई कोरोनासंग लड्छृु भन्दै आएका अध्यक्ष पोखरेल शनिवार देखि कोरोना संक्रमणबाट निको भएका छन् ।

दुई पटक सम्म गरिएको स्वाब परीक्षणपछि शनिवार उनको रिपोर्ट नेगटिभ आएको थियो । उनी गत दुई हप्तादेखि होम आइसोलेसनमा थिए । उनी यस अघिसम्म कोरोना भाइरस संक्रमणको रिर्पोट आउने देश कै पहिलो पालिका प्रमुख हुन ।

शनिवार रिर्पोट नेगटिभ आए पछि उनले निकै खुशी प्रकट गर्दै अब कोरोना भाइरसविरुद्धको संघर्षमा डट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV