२४ जेष्ठ २०७७, शनिबार
  • मनिराज पाण्डे,

कालिकोट, २४ जेठ । कर्णाली प्रदेशमा थप ९८ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सल्यान बनगाड कुपिन्डेनगरपालिकामा ३८ जना, सुर्खेत बीरेन्द्रनगर नगरपालिकामा १ जना, भेरीगंगा नगरपालिकामा ४ जना, गुर्भाकोट नगरपालिकामा १ जना, पञ्चपुरी नगरपालिकामा ३ जना, जाजरकोट बारेकोट गाउँपालिकामा ३ जना, बारेकोट इप्रकामा १ जना र दैलेख दुल्लु नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

उनीहरुको सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट पुष्टि भएको हो ।त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेख महावु गाउँपालिकाकामा ४३ जना र डोल्पा जगदुल्ला गाउपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ मा कोरोना पुष्टि भएका ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV