२४ जेष्ठ २०७७, शनिबार
  • तारा आचार्य,

विराटनगर, २४ जेठ । संयुक्त अरब इमिरेट्स युएई र म्यानमारबाट काठमाडौं ल्याइएका प्रदेश १ का १२ जिल्लाका ४१ जनालाई प्रदेश सरकारले शनिवार सुनसरीको चतरा ल्याएको छ ।

उनीहरुलाई चतरास्थित सिद्धबाबा भनेर चिनिने कृष्णदास महाराजको आश्रममा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु शुक्रबार मात्र काठमाडौं आइपुगेका हुन ।

नेपाली सेनासंगको समन्वयमा एउटा बस र एउटा माइक्रोबस ल्याइएकाहरुमा झापा, मोरङ र सुनसरी घर भएकालाई घरमै पठाउने र वाँकी जिल्लाकालाई त्यही क्वारेन्टाइनमा राखेर विस्तारै सम्बन्धित जिल्लाहरुमा पठाइने तयारी भइरहेको प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

होल्डिङ तथा क्वारेन्टाइन व्यवस्थापन उपसमित प्रदेश १ ले उनीहरुलाई चतरामा स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV