२४ जेष्ठ २०७७, शनिबार
  • मनिराज पाण्डे,

कालिकोट, २४ जेठ । डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले प्रेस विज्ञाप्ती जारी गर्दै कोरोनाबाट ज्यान गुमाउने संख्या तीन पुगेको जनाएको हो ।

यस अगाडि दुल्लु नगरपालिका वडा नं. ११ खागितडा का ३५ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV