
- मनिराज पाण्डे
कालिकोट, २४ जेठ । जुम्लाकाे चन्दननाथ नगरपालिकाका दुईवटा वडा सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि चन्दननाथका दुई वडा सिल गरिएको हो ।
जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन रहेको कर्णाली प्राविधिक शिक्षालयको व्यवस्थापनमा लागेका स्थानीय सम्बन्धित वडाका भएको र निजहरुले घर आउने-जाने गरेको बुझिन आएकाले वडा नं २ र ३ लाई सिल गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिनामुल तथा दक्षिणमा जुम्ला बुहुमखी क्याम्पसको चार किल्ला भित्रको क्षेत्रलाई सिल गरिएको हाे । कोरोना भाइरसको संक्रमण देखिएसँगै जुम्लामा ३ दिनदेखि जारी कर्फ्यू २३ गते राति १२ बजेदेखि हटेको छ ।
