२४ जेष्ठ २०७७, शनिबार
  • केदार शर्मा

चितवन, २४ जेठ । माडीकाे क्वारेन्टाइनमा बसेका एक युवाकाे आज बिहान भरतपुर अस्पतालमा ज्यान गएकाे छ । २७ वर्षीय पुरुषकाे भरतपुर अस्पतालको आईसीयूमा आज बिहान १० बजेकाे समयमा ज्यान गएकाे हाे ।

उनी दुइसाता अघि भारतबाट आएका थिए । उनकाे स्वास्थ्यमा एक्कासि समस्या आएपछि हिजाे दिउँसाे २:३० बजे भरतपुर अस्पतालमा ल्याइएकाे थियाे ।

उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड विशेष आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज शनिबार बिहान करिब १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।

काेराेनाकाे कारण मृत्यु भए-नभएकाे यकीन गर्न अहिले परीक्षणका लागि उनकाे स्वाब निकाल्ने तयारी भइरहेकाे अस्पताल श्राेतकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV