२४ जेष्ठ २०७७, शनिबार
  • निमेन्द्र शाही

बाजुरा, २४ जेठ । बाजुरा जिल्लाको खप्तड छेडदह गाउँपालिकामा क्वारेन्टाइन बसेका एकजनाको मृत्यु भएको छ । २५ वर्षअघि भारत गएर घर फर्किंदै गरेका खप्तड छेडेदह गाउँपालिका वडा न ७ का ती व्यक्तिकाे शनिबार बिहान मृत्यु भएको हो ।

उनी जेठ १५ गते भारतबाट आएर गाउँकै विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । शनिबार क्वारेन्टाइन अवधि सकिएकाले घर जाने तयारी थियाे । उनी बाटो लागेको घरसम्मसमेत खबर पुगेको थियाे । तर घर पुग्दै उनकाे बिहानै मृत्यु भएकाे हाे । उनले शुक्रबार राति बिसन्चो भएको भन्दै खाना पनि खाएका थिएनन् ।

मृतकको कोरोना परीक्षण हुन बाँकी छ । अहिले उनकाे स्वाब संकलन गरेर धनगढी पठाउने तयारी भएकाे प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन् । उनीसँगै सो क्वारेन्टाइनमा ५९ जना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV