२४ जेष्ठ २०७७, शनिबार

बझाङ, २४ जेठ । बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ ।

संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेका छन् । उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एक साता फर्किएका र एक जना दुई साताअघि काठमाडौंबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काले जानकारी दिए ।

२ दिन अघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV