२४ जेष्ठ २०७७, शनिबार

काठमाडाैं, २४ जेठ । नरैनापुर भन्ने बित्तिकै अधिकाशले सहजै अनुमान गर्छन बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सुचिमा नरैनापुर अगाडी छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपतसँग हरेक वर्ष नरैनापुरवासीले जुध्न पर्छ ।

प्राकृतिक विपतसँग जुध्नेबानी परेका नरैनापुरवासीले यस वर्ष भने अहिले सम्मकै कठिन समयबाट गुज्रिए । कोरोना भाइरसको संक्रमणले गाउँपालिका नै केहि दिनका लागि सिल गर्न पर्यो । संक्रमितको संख्या ह्वात्तै बढयो । एक युवाको क्वारेनटिनमै मृत्यु भयो । भारतबाट आएका युवाहरुसँगै गाउँका १ सय ८१ जना संक्रमित भए । जसले नरैनापुर बाँकेमा कोरोनाको ‘हटस्पट’ बन्यो । स्थानीय सरकारले स्थित नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि सेना परिचालन गरियो ।

अहिले सामान्य अवस्थामा फर्कदै नरैनापुर । कोरोनाको ‘हटस्पट’ बनेको नरैनापुरमा विस्तारै खुसीको सन्देश गाउँभरी फैलिदैछ । शुक्रबार एकै दिन १२ युवा संक्रमण मुक्त भएर घर फर्किए । एक साता अघि ३ जना निको भएर गाउँ आएका थिए । कोरोना संक्रमणले त्रासपुर्ण जीवन बिताइरहेका गाउँहरूका लागि शुक्रबारको खवरले उत्साह थपेको स्थानीय युवा बताउँछन्।

कोरोना जितेर गाउँका युवा घर फर्किएपछि गाउँमा खुसीयाली छाएको नरैनापुर मटेहियाका गुरमुरद यादव बताउँछन् । यो खबर अजाको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV