२३ जेष्ठ २०७७, शुक्रबार
  • भगतराम थारु,

नेपालगञ्ज, २३ जेठ । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना आफैले रद्द गरेको छ । जेष्ठ २१ गते देखिपसल व्यवसाय खोल्न दिने गरेको निर्णयलाई रद्द गर्दै लकडाउनलाई थप कडाइ गर्ने शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।

बाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्वाङ आएलगत्तै डेढ हप्ताको बीचमा लकडाउनका बिषयमा तीन वटा सूचना स्थानीय प्रशासनले जारी गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी आएलगत्तै जेष्ठ १४, जेष्ठ २१ र शुक्रबार २३ गते गरी तीनवटा सूचना जारी गरिएको छ ।

तीनवटै सूचना एकपछि अर्कोलाई विस्थापन गर्ने गरी जारी भएका छन् । १४ गते जारी सूचनामा लकडाउनलाई थप कडाई गर्दै बाँकेमा निषेधाज्ञा जारी गरिएको थियो भने २१ गते जारी सूचनामा यसलाई विस्थापित गर्दै बार अनुसार, पसल व्यवसाय खोल्न दिने निर्णय गरेको थियो ।

तर, शुक्रबार जारी सूचनाले भने १९ गते जारी सूचनालाई विस्थापित गर्दै पसल व्यवसाय खोल्न नदिनेगरी लकडाउनलाई थप कडाइ गर्ने उल्लेख गरिएको छ ।

राजनीतिक दल, उद्योगी व्यवसायी सम्मेलित सर्वदलीय तथा सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय यो सूचनासँगै खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV