२३ जेष्ठ २०७७, शुक्रबार
  • हिक्मत रावल

कैलाली , २३ जेठ । सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमितलाई उपचार पछि घर पठाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताउनुभयो ।

दिउँसो २ बजे उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएको थियो । सम्बन्धित जिल्लासम्म पु¥याउने व्यवस्था नभएपछि उनीहरु धनगढीमा अलपत्र परेका छन् ।

अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।

सेती प्रादेशिक अस्पतालमा अझै २० जना संक्रमितको उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV