२३ जेष्ठ २०७७, शुक्रबार
  • दानबहादुर बुढा,

मुगु, २३ जेठ । हिमाली जिल्ला मुगुमा लकडाउनको समयमा महिला हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।

कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेपछि पछिल्लो समय मुगुमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार लकडाउनको समयमा विभिन्न विषयको शिर्षकमा महिला हिंसाका घटनाहरु बढेका हुन ।

हाल सम्म जिल्ला प्रहरी कार्यालय मुगुमा जवरजस्तीकरणी २, वहुविवाह १, घरेलु हिंसा २, सामाजिक हिंसा ३, गरी जम्मा ८ वटा महिला हिंसाका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

साहका अनुसार मुगु जिल्लामा रहेका ४ वटै स्थानीय तहमा कोभिड १९ भाइरसबाट बच्नको लागि जनचेतनामुलक सन्देश दिदै महिला हिंसा सम्बन्धी अपराधका गतिविधिहरुबाट बच्न कानूनी सन्देश समेत प्रहरी मार्फत दिने गरिएको उहाँले बताउनुभयो ।

२३ वटा सवारी साधन नियन्त्रणमा

यसैबीच जिल्ला प्रहरी कार्यालय मुगुले लकडाउनको समयमा २३ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको छ । सदरमुकाम गमगढी बजारमा चल्ने सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

लकडाउनमा विना पास चल्ने, नियम उल्लंघन गरी गुड्ने साना जिप तथा मोटरसाईकलहरु प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी भीमदत्त जोशीले जानकारी दिनुभयो ।

६१ जना नागरिक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुगुले लकडाउनको उल्लंघन गर्ने ६१ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ । सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा विना शित्तीमा आवातजावत गर्ने ६१ जना नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

पछिल्लो समय नेपाल सहित कर्णालीका केही जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दिन प्रतिदिन फैलिदै गएपछि मुगुमा पनि यस संक्रमण नफैलियोस भनेर जिल्ला प्रहरी कार्यालय मुगुले कडाईका साथ लिएता पनि अझै लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नरेश विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार लकडाउन उल्लघन गर्ने व्यक्तिलाई करिव १ घण्टासम्म कोरोना भाइरस कोभिड १९ को संक्रमणबारे प्रशिक्षण दिई छोडिएको छ ।

LIVE TV