२३ जेष्ठ २०७७, शुक्रबार
  • केदार शर्मा,

चितवन, २३ जेठ । चितवनको राप्ती नगरपालिकाले गरीब तथा विपन्न परिवारलाई नदिई सम्पन्न परिवारलाई मात्र राहत वितरण गरेको पाईएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ४ ले गरीवहरुको चुहिने छाना टाल्न भन्दै बितरण गरेको जस्तापाता गरीव तथा निमुखा वर्गलाई छाडेर पूर्व प्रधानाध्यापकदेखि छोरा अष्ट्रेलिया तथा प्रहरीको अधिकृतसम्म भएको परिवारलाई बिरतण गरिएको पाईएको हो ।

राप्ती नगरपालिका वडा नम्बर ४ ले चुहिने छानो टाल्न भन्दै नामावली संकलन गरेको तर आँफुहरुले राहत नपाएको राप्ती ४ प्रेमबस्तीकी लक्ष्मी परियारले गुनासो गरिन ।

गरीबको गाँस खोसेर लगे ठूलाबडाले राहत : सुकुम्वासी परिवार

‘वडा कार्यलय मार्फत राहात आउने भएपछि चुहिने छानो फालेर टिनको छानो राख्ने सपना थियो तर वडाले नाम संकलन गरेर गयो हामीलाई राहात दिएन’ लक्ष्मीले भनिन् ‘स्थानीय सरकार आएपछि खुशी मिल्छ भन्ने सुनेकी थिए, तर स्थानीय सरकारले हामी जस्ता गरीवलाई सम्बोधन गर्न सकेन् ।

अब यस्तै हो भने गरबी भन्दै हाम्रो नाम देखाएर आँफ्ना कार्यकर्ता पोस्नकै लागि भएपनि नगरपालिकाले राहत प्याकेज ल्याउन सक्ने तर्फ उनले गुनासो गरिन ।’

लक्ष्मीले मात्र नभई उक्त स्थानका मंगल बिक, चन्द्र बहादुर बिक, रामजुदे परिवार, भोलाप्रसाद दाहाल लगायत दर्जनौ बिपन्न परिवारले चुहिएको छानो टाल्न राहत पाउन सकेनन् ।

उनीहरु सबै यतिबेला पानी पर्दा छिमेकीको शरणमा पुग्नु पार्ने अबस्थामा छन् । असिना पानी तथा हावाहुरीले धेरैको छानो फालदिएको छ भने अधिकांशको छानो प्वाल पारिदिएको छ ।

यस्तो बेलामा वडा कार्यलयले उनीहरुलाई राहत बितरण गर्नु पर्नेमा अन्य धनी ब्यक्तिलाई दिएको भन्दै सुकुम्वासीहरु आक्रोशित बनेका छन् ।

प्रशस्तै जग्गा जमिन भएका र सरकारी नोकरीवालालाई राहत

वडा कार्यलयमा १३ जना ब्यक्तिलाई आवश्यकता अनुसार जस्ता बितरण गरेको देखिन्छ । वडाले राप्ती ४ लक्ष्मी नारायण चोकमा पक्की घर भएका टहल बहादुर श्रेष्ठको २ तले घरमाथि किचन ब्यबस्थापनको लागि जस्ता दिएको छ ।

त्यस्तै राप्ती ४ कै रबीन्द्र लामा श्रेष्ठलाई पनि जस्ता दिएको छ, उनका छोरा सरकारी कर्मचारी भएको बुझिन्छ । यता भूतपूर्व प्रधानाध्यापक नरेन्द्र सेढाईलाई समेत जस्ता दिएको छ, उनी पेन्सनवला पूर्व कर्मचारी हुन । उनका छोरा अष्ट्रेलिया रहेका छन ।

त्यस्तै सिमलचोकमै घर बनाएको राम बहादुर रानाले पनि राहत लिएका छन्, उनीपनि राहात नलिई आँफै जस्ता किन्न सक्ने हैसियतका भएको बुझिन्छ । उनको प्रशस्तै जग्गा जमिन रहेको बुझिन्छ ।

यिनी हरु प्रतिनिधि पात्र मात्रै हुन यिनीहरु जस्ता धेरै ब्यक्तिलाई यसरी राहात बितरण गरिरहदाँ राप्ती नगरपालिकाका गरीवहरु पानी पर्दा घर भित्रै छाता ओड्ने अबस्थामा छन् ।

गरीव तथा बिपन्नहरुको गत जेठ ६ गते आएको हावाहुरीले छानो भत्काउने तथा असिनाले छानामा प्वाल पारेको थियो ।

राहत वितरणमा गल्ती भएको वडाद्वारा स्वीकार

यता उत्त वडाका वडा अध्यक्ष शमसेर लामाले आँफुबाट गल्ती भएको स्वीकार गरेका छन् । आँफुहरुले पहिलो चरण्मा राहत बितरण गर्दा गरीव तथा निमुखालाई नहेरि राहत बितरण गर्दा बास्तबिक गरीब छुटेको स्वीकार गरेका छन् ।

वडा अध्यक्ष लामाले ७ गतेनै आँफुहरुले लगत संकलन गरेर ४ सय १९ घर परिवारलाई राहत दिने तयारी गरेका थिए । पहिलो चराणको राहत बितरणमै बिबाद उत्पन्न भएपछि दोश्रो चरणको राहत बितरण रोकिएको छ ।

अहिले नगरपालिकाकी मेयर आँफैले वडा अध्यक्ष लामालाई फोन गरेर राहत बितरणको रकम भुत्तानी नदिने भनेपछि गरीवलाई दिने भनिएको जस्ता बितरण हुन सकेको छैन ।

राहतको रकम मेयर प्रभा बरालद्वारा कोरोना कोषमा रुपान्तरण

नगरपालिकाकी मेयर प्रभा बरालले यस आर्थिक बर्ष अवधिभर कुनै योजना सम्झौता नगर्नु भने पछि हाललाई राहत बितरणको काम रोकिएको वडा अध्यक्ष लामाको भनाइ छ ।

मेयर बरालले गरीबलाई राहत नदिनु भन्दै वडाको बजेटलाई आँफुखुशी कोरोना कोषमा हाल्नु भएको वडा अध्यक्ष लामाको आरोप छ ।

वडाले कोरोनाको कारण देखाउदै खानेपानी धारा बितरणको १ लाख, विद्युत बिस्तारको ४ लाख र भवानीपुर मार्ग कालोपत्रे निर्माणको १० लाख रकमलाई जस्ता वितरणमा रकमान्तर गरेको थियो ।

अहिले राप्तीकी मेयर बरालले जस्तको बिषयमा काम गरे रकम नदिने भन्नु भएको छ, पहिलो चरणको समेत भुक्तानी मेयर साब आँफैले रोक्नु भएको छ, वडा अध्यक्ष लामाले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV