२३ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, २३ जेठ । ‘गज्जब क्रू’ टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ गीतको भिडियो गज्जब टिभी युट्यूबमार्फत सार्वजनिक भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालको शब्द रहेको उक्त भिडियोमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ ।

त्यस्तै, भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेको छन् । यस म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका युवा कलाकारहरु सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको बेजोड अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV