२३ जेष्ठ २०७७, शुक्रबार
  • मनिराज पाण्डे,

कालिकोट, २३ जेठ । कर्णाली प्रदेशमा थप १ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा दैलेख दुल्लुनगरपालिका २६ महावु गाउँपालिकाका ६४ जना, जुम्ला चन्दनाथनगरपालिकाका ३ जना, हुम्ला चंखेली गाउँपालिकाका १ जना, दोलखा तामाकोशी गाउँपालिकाका १ जना, रामेछाप दोरम्बागाउँपालिकाका १ जना र गोर्खा आरुघाट गाउँपालिकाकाका १ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणबाट पुष्टि भएको छ ।

त्यस्तै दैलेख दुल्लुनगरपालिकाका १ जना, सुर्खेत पञ्चपुरी नगरपालिका १ जना र जाजरकोट भेरी नगरपालिका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतले जनाएको छ ।

पञ्चपुरी नगरपालिकामा भेटिएका ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV