२३ जेष्ठ २०७७, शुक्रबार
  • विवेक राई

भोजपुर, २३ जेठ । छिमेकी राष्ट्र भारतबाट आएका मध्ये कोरोना पुष्टि भएको ५ जनालाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने भएको छ ।

अरुण गाउँपालिका जरायोटार स्थित होल्डिङ एरियामा रहेका भोजपुरको उत्तरी षडानन्द नगरपालिका आठ र १२ का कोरोना पुष्टि भएका १७, १९, २९, ३० र ३२ वर्षका ५ जनालाई धरान पठाउन पठाउन आवश्यक तयारी भइरहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी वशन्तराज पुरीले न्यूज २४ लाई जानकरी दिनुभयो ।

कामको सिलसिलामा भारत गएको र उनीहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाकाबाट जिल्ला ल्याईएको थियो । संखुवासभाका २ जनामा कोरोना पुष्टि भएकाहरुसंगै आएका उनीहरुको १८ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

योसंगै भोजपुरमा संक्रमितको संख्या ६ पुगेको छ । यसैबीच जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिमा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ देखिएका २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV