२३ जेष्ठ २०७७, शुक्रबार
  • बसन्त लिम्बू,

ताप्लेजुङ, २३ जेठ । घाँस काट्ने क्रममा भीरबाट लडेर ताप्लेजुङमा एक महिलाको ज्यान गएको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका तेल्लोककी ३५ वर्षीया खड्गीमाया भट्टराईमने ज्यान गएको हो ।

बिहीबार विहान ७ बजे घाँस काट्न गएकी भट्टराई घर नफर्किएपछि स्थानीयले ईलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गरेका थिए ।

उनको शवलाई दिउँसो २ बजे निघुर भीरमा मृत अवस्थामा प्रहरी र स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विष्णु बहादुर खड्काले जानकारी दिए ।

घटनाका विषयमा प्रारम्भिक अनुसन्धान पूरा गरी शवलाई पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV