
काठमाडौँ, २३ जेठ । म्यानमार एयर फोर्सको विमानले म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाइ शुक्रबार (आज) काठमाडौं ल्याइदिएको छ ।
नेपाल फर्कन चाहेपनि सरकारले नेपालमा लकडाउन घोषणा गरेकाले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि उनीहरु म्यानमारमै अलपत्र परेका थिए ।

सो विमानले नेपालमा अपलपत्र परेर रहेका ५३ आफ्ना नागरिकलाई लैजाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
आज नेपाल ल्याइएकाहरू वाग्मती प्रदेशका सबैभन्दा धेरै १७ जना रहेका छन् । त्यस्तै प्रदेश १ का ४ जना र गण्डकी प्रदेशका पनि चार जना र प्रदेश ५ का १ जना रहेका छन् ।

उनीहरुलाई विमानस्थलमा स्वास्थ्य जाँच गरेर अहिले बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ ।



