२३ जेष्ठ २०७७, शुक्रबार

एजेन्सी, २३ जेठ । प्रशान्त महासागरस्थित फिजी द्विपले आफैले कोरोना भाइरस मुक्त देश घोषणा गरेको छ । फिजीका प्रधानमन्त्री फ्रैंक बेनीमारामाले एक ट्वीटमार्फत देश कोरोना मुक्त भएको सूचना दिएका हुन् ।

प्रधानमन्त्री फ्रैंक बेनीमारामाले लेखेका छन्, “फिजीका अन्तिम कोरोना बिरामी पनि निको भइसकेका छन् । हाम्रो यहाँ कोरोना संक्रमणको परीक्षणको नम्बर दिन प्रतिदिन बढ्दै गएको छ । यो ४५ औं दिन हो । अहिले कुनै पनि नयाँ कोरोना संक्रमित फेला परेका छैनन् र कुनै पनि कोरोनाको कारण ज्यान गएको घटना पनि भएको छैन । ”

उनले यो पनि लेखेका छन् कि “सबै प्रार्थनाहरू स्वीकार्य छन, हामीले कडा परिश्रम र विज्ञानमा विश्वास गरेर यो हासिल गर्न सक्छौं। ” फिजी प्रशान्त महासागरका केही टापुहरू मध्येको एक देश हो जहाँ कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

त्यहाँ पहिलो केस मार्चको बीचमा दर्ता भएको थियो। त्यसपछि त्यहाँ त्रास बढेको थियो तर अहिले भनै कुनै केस नदेखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV