२३ जेष्ठ २०७७, शुक्रबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु , २३ जेठ । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) थप ४४ जनामा पोजिटिभ देखिएकाे छ । यससँगै कपिलवस्तुमा संक्रमितको कुल संख्या ४७५ पुगेको छ ।

कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका वडा नम्बर- ९ का वर्ष १८ र २० का २ पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे हाे । यसैगरी वडा नम्बर १० का १६ वर्षदेखि ४८ वर्ष समूहका १३ पुरुषमा पनि भाइरस पाेजेटिभ देखिएकाे छ ।

यस्तै यशोधरा गाउँपालिका वडा नम्बर ७ का एक ८ महिने शिशुमा पनि काेराेना पाेजेटिभ देखिएकाे छ । साेही वडाका १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका २८ पुरूषमा पनि संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV