
- सुरेश श्रेष्ठ
दाङ, २३ जेठ । लागु-औषध ब्राउन सुगरसहित प्रहरीले तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।
कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती सवा आठ बजे चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेपछि एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी स्रोतका अनुसार प’क्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी युवक तिलक विक, घोराही उपमहानगरपालिकाकाे बडहरा निबासी २३ वर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ वर्षकी दिपा थापा रहेका छन् ।
प्रहरीले ती युवायुवतीको साथबाट करिब ६/७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।