२२ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, २२ जेठ । कोरोना भाइरस नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले लकडाउनमा पठनपाठनलाई पनि सहजीकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसंग परामर्श गरेको छ ।

बिहीबार सिंहदरबारमा भएको छलफलमा विज्ञहरुले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् ।

File Picture

जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने, सञ्चालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजन कक्षाको विकल्प खोज्न उनीहरुले सुझाव दिएका हुन् ।

अवरुद्ध पठनपाठन सञ्चालन, परीक्षा, भर्ना तथा भर्चुल क्लासका सम्बन्धमा नेपाली बैज्ञानिकले बनाएका नयाँ आविस्कारलाई प्रमाणीकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढ्न सरकारलाई सुझाव दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले भर्चुल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरुबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताउनुभयो ।

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने बताएसंगै केही दिन यता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासंग छलफल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV